पोखरामा पहिलो पटक आयो अन्तर्राष्ट्रिय जहाज : खेलाडीलाई लिएर सिचुवान एयरलाइन्स अवतरण

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा पहिलो पटक आज अन्तर्राष्ट्रिय जहाज आएको छ । पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा

१३० यात्रु बोकेर चीनको छेन्दुबाट आएको सिचुवान एयरलाइन्स पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जहाज पोखराबाट काठमाडौँ उड्ने र उतैबाट चीन फर्किनेछ ।

भोलि(बिहीबार)देखि पोखरामा हुने नेपाल–चीन ड्रागन बोट रेस फेष्टिभलमा आफ्ना खेलाडी ल्याउन सिचुवानले न्यारोबडी ३१९ चार्टर्ड गरेर पोखरा आएको हो।

  • ६ असार २०८०, बुधबार ०९:४१ प्रकाशित