शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर शुक्रवार हुने भएको छ । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शुक्रवार (असार ८ गते) प्रत्यक्ष प्रश्नोत्तर हुने भएको हो ।

सभाको मङ्गलवार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम शुक्रवार हुने गरी निर्धारण गरेको जानकारी दिए ।

उनले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि सम्पूर्ण सदस्य सङ्ख्यालाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहने गरी जम्मा १७ समूहमा विभाजन गरिएको बताए । उनले यो महिना भने समूह १ मा रहेका प्रतिनिधि सभा सदस्यहरूको पालो रहेको उनले जानकारी गराए ।

  • ५ असार २०८०, मंगलवार १७:०४ प्रकाशित