सुदूपश्चिमका मन्त्री सवार गाडी दुर्घटना : मन्त्रीसहित ४ को अवस्था गम्भीर

केन्द्रभाग मिडिया

धनगढी ।

सुदूरपश्चि सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ ।

सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो । सिंहसहित ५ जना घाईते भएका छन् । ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

मन्त्री सिंह, उनीकी पत्नी अमृता सिंह (६४), बुहारी नाता पर्ने जयादेवी सिंह (६०), अंगरक्षक दिपक भण्डारी अचेत अवस्थामा रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिएकी छिन् ।

चालक धर्मराज जोशीको अवस्था मध्यम रहेको छ ।पाँचै जनालाई हेलिकप्टर मार्फत नेपालगन्ज रेफरको तयारी भइरहेको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ ।

 

  • ५ असार २०८०, मंगलवार १६:२० प्रकाशित