राष्ट्रपति रामचन्द्र पौडेलको आज मुटुको शल्यक्रिया गरियो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सफलानट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरिएको हो ।

शनिबार राति पौने २ बजे अस्पताल भर्ना भएका पौडेलको मंगलबार मुटुको शल्यक्रिया गरिएको राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलले जानकारी दिएका छन्। अस्पतालका अनुसार बिहान मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म लगाएर चिकित्सकहरूले शल्यक्रिया गरेका हुन्।

पोखरेलका अनुसार मुटुको शल्यक्रिया गरेर राष्ट्रपति पौडेललाई पेसमेकर राखिएको छ । ७२ घण्टाको नियमित निगरानीपछि मुटुको चाल बेला बखतमा कम देखिएकाले विशेषज्ञहरूको सल्लाहबमोजिम शल्यक्रिया गरी पेसमेकर राखिएको पोखरेलले बताए ।  पेसमेकरले मुटुको चाल बनाइराख्ने काम गर्छ ।

गत मंगलबार पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा पनि उपचार गराएका थिए ।

  • ५ असार २०८०, मंगलवार १५:३८ प्रकाशित