पोखरा ।
पोखरा महानगरभित्रका हलहरुमा पनि हिन्दी फिल्म ‘आदिपुरुष’ को प्रदर्शनमा रोक लगाएको छ ।
फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन’ भन्ने संवाद नसच्चिएसम्म प्रर्दशन गर्न नदिने काठमाडौं महानगरपालिकाको निर्णयपछि पोखरा महानगरले पनि प्रतिबन्ध लगाएको हो ।
पोखरा महानगरपालिकाले आफ्नो नगर क्षेत्रका हलमा फिल्म रोक्न पत्राचार गरेको छ । मेयर धनराज आचार्यले एक पत्र लेख्दै स्थानीय श्रीकृष्ण र विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउनलाई फिल्म रोक्न पत्र पठाएको हो ।
आदिपुरुष विवादमा काठमाडौं महानगरपालिकाले आज सोमबारदेखि भारतीय सबै फिल्मको प्रदर्शनमा रोक लगाएको छ ।