पोखरा ।
माझठाना पोखरा सम्पर्क समाज र लायन्स क्लव अफ पोखरा संगमको संयुक्त आयोजनामा एक दिने प्रशिक्षण तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ । “तपाई ५ जनाको जीवन बचाउन सक्नुहुन्छ” र “स्वास्थ्य जिवनको लागि मनो परामर्श” विषयमा कार्यक्रममा प्रशिक्षण दिइएको माझठाना पोखरा सम्पर्क समाजका सह–सचिव रामचन्द्र तिवारीले जानकारी दिए ।
कार्यक्रममाा बोल्दै प्रमुख अतिथी लायन्स क्लव ३२५ के का गर्भनर राजेन्द्र कुमार बाटाजुले प्रशिक्षणले व्यक्तीगत साथै पारिवारीक जिवनमा सकारात्मक प्रभाव पर्ने बताए । कार्यक्रममा निर्मल लामिछाने र लक्ष्मी पन्थिले सहजिकरण गरेका थिए ।
कार्यक्रम समाजमा र क्लबमा आवद्द ९० जनाको सहभागितामा रहेको थियो । माझठाना पोखरा सम्पर्क समाजका अध्यक्ष भोला नाथ ओझाले कार्यक्रम फलदायी भएको विश्वास व्यक्त गरे ।















