समाजवादी मोर्चाले आन्दोलनका क्रममा लगाइएका मुद्दा खारेजीको पहल गर्ने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

विभिन्न चार दल मिलेर निर्माण गर्न लागिएको समाजवादी मोर्चाले विभिन्न कालखण्डमा भएका आन्दोलनका कारण लगाइएका राजनीतिक मुद्दा खारेजीका लागि पहल गर्ने भएको छ ।

मोर्चाको प्रस्तावित प्रतिवद्धतापत्रको मस्यौदामा विगतका विभिन्न कालखण्डमा भएका आन्दोलनहरूका कारण विभिन्न दलका नेतारकार्यकर्ताहरू माथि लगाइएका मुद्दाहरूको खारेजी र राजबन्दी रिहाइका लागि आवश्यक कानुनी र राजनीतिक पहल गर्ने उल्लेख छ । मोर्चाले विभिन्न राजनीतिक दलहरूसँग भएका सहमति र सम्झौता कार्यान्वयन गर्ने पनि प्रतिबद्धतापत्रको मस्यौदामा उल्लेख छ ।

मोर्चामा हाल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी सामेल हुने भएका छन् ।

  • ३ असार २०८०, आईतवार १६:२४ प्रकाशित