पहिरो अपडेट : ६ घन्टापछि जिवितै उद्धार भएकी बालिकाको निधन

केन्द्रभाग मिडिया

पाँचथर ।

पहिरोबाट ६ घन्टापछि उद्धार भएकी बालिकाको ज्यान गएको छ ।

पहिरोले घर पुर्दा बेपत्ता पाँचथर फालेलुङ ३ की जुना सावदेनको ६ घन्टापछि उद्धार गरी उपचारका लागि अस्पताल लगिएकोमा उपचारको क्रममा निधन भएको हो।

घाइते भएकी जुनाको पाँचथर अस्पतालमा उपचार गर्ने क्रममा आइतबार दिउँसो २ बजे उनको निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।

फालेलुङ–३ खोलाघारीस्थित मावली घरमा बस्दै आएकी जुना मध्यरातमा घरमाथिबाट आएको पहिरोमा पुरिएकी थिइन् ।यसैबिच बाढीले बगाँउदा पाँचथरका ५ जना बेपत्ता छन् ।

  • ३ असार २०८०, आईतवार १५:५१ प्रकाशित