वामदेव एमालेमा समाहित हुन तयार : मागे ओलीपछिको वरियता

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेता वामदेव गौतम नेकपा एमालेमा समाहित हुन तयार भएका छन् । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र गौतमबीच भएको कुराकानीमा गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान एमालेमा समाहित गर्नेबारे छलफल भएको गौतमले जानकारी दिए ।

गौतमले एमालेमा समाहित हुँदा अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयता मागेको बताइएको छ । आफू एमालेमा समाहित हुन तयार रहेको तर आफूसहित नेता कार्यकर्ताको उचित व्यवस्थापन हुनुपर्ने सर्त गौतमले राखेका छन् ।

  • ३ असार २०८०, आईतवार १५:४१ प्रकाशित