बालुवाटारमा समाजवादी मोर्चाका नेताहरूको बैठक जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रस्तावित समाजवादी केन्द्रका नेताहरू बालुवाटारमा छलफलमा जुटेका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरू छलफलमा रहेको बालुवाटार स्रोतले जनाएको छ ।

आजको छलफलमा मोर्चाको घोषणा मितिको टुंगो लाग्नेछ । ७ गतेभित्र मोर्चाको घोषणा गर्ने तयारी भइरहेको बताइएको छ ।

नेकपा एसभित्र मोर्चा घोषणाका सन्दर्भमा देखिएको मतभेद र बाबुराम भट्टराईको समेत विमतिलाई मिलाउन केही समय लागेको बताइएको छ ।

  • ३ असार २०८०, आईतवार ११:१२ प्रकाशित