पहिरोमा पुरिएकी बालिकाको ६ घन्टापछि जिवितै उद्धार

केन्द्रभाग मिडिया

File photo

झापा ।

पाँचथरको फालेलुङ गाउँपालिका ३ मा पहिरोले पुरेर बेपत्ता भएकी एक बालिकालाई जिवितै उद्धार गरिएको छ । ८ वर्षीय बालिकाको ६ घन्टा पछि सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।

गएराति हजुरबुबा मनप्रसादसँगै सुतेकी जुना घरमाथिबाट खसेको पहिरोमा परी बेपत्ता भएकी थिइन्।उनलाई आज बिहान स्थानीयले घाइते अवस्थामा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पाँचथर पुर्‍याइएको छ ।

  • ३ असार २०८०, आईतवार ११:०६ प्रकाशित