बाढी पहिरोमा परि बेपत्ताको खोजी, उद्धार र राहतमा लाग्न प्रधानमन्त्रीको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न जिल्लामा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले बेपत्ताहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अङ्ग र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशित दिएका छन् ।

प्रचण्डले आ–आफ्नो ठाउँबाट सहयोगका लागि खटिन पनि आम जनसमुदायमा अपिल गरेका छन् ।कोशी प्रदेशका विभिन्न स्थानमा बाढी पहिरोले वितण्डा मच्चाएको छ । जसका कारण जनधनको क्षति भएको छ ।

  • ३ असार २०८०, आईतवार ०९:२९ प्रकाशित