बाढी–पहिरोको वितण्डा : हालसम्म २५ जना बेपत्ता, एकको ज्यान गयो

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

पूर्वी नेपालमा गए रातिदेखि परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन् । बाढी पहिरोमा परि एक जानको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । बाढीमा परी सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १६ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय सङखुवासभाले जनाएको छ ।

बाढीले बगाएका अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको शव पाँचखपन नगरपालिका–५ खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

उता पाँचथरमा गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँच जना बेपत्ता भएका छन् । त्यसैगरी ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना सहित ४ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

  • ३ असार २०८०, आईतवार ०९:०१ प्रकाशित