पोखरा ।
सृजना लिडर्स क्लवको आयोजनामा पोखरामा प्रथम गण्डकी प्रदेश (एसइइ) स्तरीय टेबल टेनिस प्रतियोगिता सुरु भएको छ । सृजना लिडर्स क्लव सृजना मावि सृजनाचोक पोखरामा अध्ययन गर्ने विद्यार्थीहरुको संस्था हो ।
विद्यालयको टेनिस कोर्टमा आयोजना भएको प्रतियोगितामा प्रदेशका ५ जिल्ला (स्याङजा, कास्की, तनहुँ, पर्वत र लमजुङका गरी ९३ विद्यार्थी सहभागी छन् । छात्र सिंगल, छात्र डबल र छात्रा सिङगलमा गरी तीन बिधामा खेल खेलाइने क्लवका अध्यक्ष मिलन खड्काले जानकारी दिए । छात्र सिंगलमा ४८, छात्र डबलमा १२ र छात्रा सिंगलमा ४ टिमले प्रतिष्प्रर्धा गर्नेछन् । प्रतियोगितामा प्रथम हुने छात्र, छात्रा टिमले नगद ५ हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्, भने दृतीय हुनेले नगद ३ हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै तृतिय हुने दुई टिमले १५/१५ सयका दरले पुरस्कार पाउने छन् ।
प्रतियोगिताको उद्याटन गदै कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशीले अनुशासित र निरन्तर प्रयास गर्ने खेलाडी सधैं सफल हुने बताए । उनले सृजना माविले खेलकुदलाई प्राथमिकता दिदै आएको स्मरण गर्दै जसको परिणाम स्वरुप राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सफल भएको धारणा राखे ।
विद्यालयका संस्थापक प्राचार्य डोलराज पाण्डेले विद्यार्थीलाई अतिरिक्त क्रियायाकलापमा सहभागी गराउन प्रयत्न गदै आएको जानकारी दिए । विद्यालयले क्रिकेट, टेबलटेनिस र बास्केटबलका राष्ट्रिय खेलाडी उत्पादन गरेको उनले बताए ।
कार्यक्रममा प्रशीक्षक गोपाल थापा, शिक्षक शंकर पोखरेल, विद्यालयका सहप्राचार्य हेमराज तिवारी लगायतले बोल्दै खेलकुदले विद्यार्थीको चौतफी विकासमा टेवा पु¥याउने बताए । प्रतियोगितामा शनिबार फाइनल खेल हुनेछन् ।