पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज पाउण्ड र युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६७ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २७ पैसा थियो ।
यस्तै आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ७८ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४४ पैसा थियो ।
आज बिहीबार डलर एकको खरिददर १३१ रुपैयाँ १९ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७९ पैसा रहेको छ । यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा छ ।
साउदी रियालको खरिददर ३४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३५ रुपैयाँ १४ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९९ पैसा र बिक्री दर ३६ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ३६ पैसा र बिक्रीदर २८ रुपैयाँ ४९ पैसा रहेको छ ।