काठमाडौं ।
ग्रिसमा डुंगा दुर्घटना हुँदा ७८ जनाको ज्यान गएको छ । प्रवासीहरु सवार डुंगामा ७५० जनाहरुमध्ये ७८ जनाको शव भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
डुंगामा सवार थुप्रै बेपत्ता रहेका छन । जसमध्ये झण्डै १०० बालबालिकाको अवस्था अज्ञात रहेको बताइएको छ। बेपत्ताहरुको खोजी जारी छ ।
बीबीसीले धेरै व्यक्ति वेपत्ता भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएको छ ।दुर्घटना बाँचेकाहरुमा धेरैजसो पुरुषहरु छन् । त्यसैले महिला र बालबालिकाहरुको हताहती भएको हुनसक्ने आशंका अधिकारीहरुले गरेका छन् ।
क्षमताभन्दा धेरै मानिस भएकाले डुंगा दुर्घटना भएको अनुमान छ । ग्रिसको सरकारी टेलिभिजन ईआरटीका अनुसार डुंगा दुर्घटनापछि कोस्टगार्डका १२ जनालाई हिरासतमा लिइएको छ ।