काठमाडौँ ।
प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवनमा बस्ने बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल हुनेछ । बैठक ११ बजेका बोलाइएको छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि छुट्टाइएको बजेटमा छलफल हुनेछ।
यी मन्त्रालय सम्बन्धी विभिन्न प्रस्तावहरू पनि पेस गर्ने कार्यसूची रहेको छ ।













