विद्यालय कर्मचारी परिषद्का अध्यक्षसहित ३ पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

सेवा सुरक्षा ग्यारेन्टीको मागसहित आन्दोलन गर्दै आएका नेपाल विद्यालय कर्मचारी परिषदका अध्यक्ष गंगाराम तिवारीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अध्यक्षसँगै वरिष्ठ उपाध्यक्ष प्रदिप श्रेष्ठ, जुम्लाका धन बहादुर महत लगायतलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

भद्रकालीमा रिले अनसन बसेर माइतीघर मण्डला फर्किँदै गर्दा बीच सडकमा बस्न खोजेपछि प्रहरीले उनीहरूमाथि हस्तक्षेप गरेको हो । त्यही क्रममा सडकमै बसेर आवागमन अवरुद्ध गर्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आन्दोलनकारीहरूले पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग गरेको छ ।

  • ३२ जेष्ठ २०८०, बिहीबार १७:०० प्रकाशित