काठमाडौँ महानगरले रोक्यो शैक्षिक मेला

केन्द्रभाग मिडिया

काठमाडौँ ।

काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा आज(बिहीबार)देखि सुरु भएको शैक्षिक मेला प्रक्रिया पुरा नगरेको भन्दै रोकेको छ ।

प्रक्रिया पुरा नगरेकोले रोकिएको र आवश्यक प्रक्रिया पुरा गरेपछि पुनः सञ्चालन गर्न दिइने मेयर बालेन साहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमति लिने क्रममा स्थानीय तहसँग पनि सहमति लिनु भनेको थियो । तर, अनुगमनको क्रममा काठमाडौँ महानगरपालिकासँग सहमति नलिएको उनको भनाई छ ।

त्यस्तै कक्षा १० र १२ को नतिजा सार्वजनिक नभई अग्रिम भर्ना लिन नपाउने कानुनी व्यवस्था छ । तर, शैक्षिक मेलामा विद्यार्थीहरूलाई अग्रिम रसिद दिएर पछि भर्ना खुलेको छुट पाउने भन्दै दिने गरेको पाइएकोले मेलालाई रोक लगाइएको उनको भनाई छ ।

उच्च शिक्षा पढ्न चाहने विद्यार्थीहरूका लागि हिसानले एडुफेयर ९शैक्षिक मेला० को आयोजना गरेको थियो ।

  • ३२ जेष्ठ २०८०, बिहीबार १६:४० प्रकाशित