पोखरा ।
नेपाल सरकारको मुख्य सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् । सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
हालका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको छ । वैरागीको कार्यकाल भने आगामी असोज मसान्तसम्म थियो । अर्याललाई मुख्यसचिव बनाउनैका लागि सरकारले बैरागीलाई सुरक्षा सल्लाहकारमा नियुक्त गरेर व्यवस्थापन गरेको हो ।













