काठमाडौं ।
प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग शुक्रबार संसदीय सुनुवाइ समितिले सवाल जवाफ गर्ने भएको छ ।
आजको बैठकमा सहभागी भएका कार्कीले अदालतमा भएका भ्रष्टाचारमा शुन्य सहनशीलता कायम गर्ने बताएका छन् । बिचौलियाको प्रभाव निस्तेज गर्न प्रभावकारी कानून बनाउने योजना पेश गर्दै कार्कीले यस्तो बताएका हुन् ।
संसदीय सुनुवाइ विशेष समितिमा आफ्नो योजना पेश गर्दै कार्कीले बिचौलियाको रूपमा पहिचान भएका व्यक्तिहरूको गतिविधि सूक्ष्म निगरानीमा राख्ने बताए ।
कार्कीको लिखित कार्ययोजनामा बिचौलिया नियन्त्रणका लागि छुट्टै संयन्त्र गठन गरी दोषीउपर कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने उल्लेख छ ।













