काठमाडौं ।
हङकङमा भइरहेको महिला इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज भारत ए सँग खेल्दैछ ।नेपाल र भारत-ए बीचको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे मोङ्ग कोस्थित मिसन रोड ग्राउण्डमा सुरु हुनेछ ।
समूह ए मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान-ए सँग प्रतिस्पर्धात्मक खेलमा ९ रनले पराजित भएको थियो ।नेपाल पहिलो जितको खोजीमा छ ।