काठमाडौँ ।
संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालबाट घरेलु कामदार लैजाने प्रस्ताव गरेको छ । काठमाडौँमा सम्पन्न नेपाल र यूएईको संयुक्त कार्य समितिको बैठकमा घरेलु कामदार लैजाने प्रस्ताव राखेको हो ।
यूएईले विगतदेखि नै नेपालबाट घरेलु कामदार लैजाने प्रस्ताव राख्दै आएको छ । तर, नेपालमा घरेलु कामदार पठाउन प्रतिबन्ध छ । जसले गर्दा सरकारले घरेलु कामदार पठाउने विषयमा निर्णय गर्न सकेको छैन ।
नेपालले उक्त प्रस्तावमा आवश्यक छलफल गर्ने प्रतिक्रिया दिएको छ ।













