मलाई सर्वोच्च अदालतमा जानै मन थिएन : प्रस्तावित प्रधानन्यायाधीश कार्की

केन्द्रभाग मिडिया

काठमाडौँ ।

संसदीय सुनवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफूलाई सर्वोच्च अदालत जाने मनै नभएको प्रष्टीकरण दिएका छन् ।

समितिको बैठकमा प्रष्टीकरण दिँदै उनले भने ,’मलाई सर्वोच्च अदालतमा जान मन थिएन । तर तत्कालीन प्रधानन्यायाधीशले तपाइँको भूमिका अब न्यायपालिका खोजेको छ भन्नुभयो, उहाँले पटक पटक अनुरोध गर्नुभएपछि म सर्वोच्च गएको हुँ ।’

न्यायमा ढिलाइ भएको आरोपप्रति उनले जनशक्ति नै कम भएको दाबी गरे ।संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीले प्रष्टीकरण दिने क्रम जारी छ ।

  • ३२ जेष्ठ २०८०, बिहीबार ०९:०१ प्रकाशित