पोखरा ।
पोखराको पश्चिमाञ्चल क्षेत्रीय(गण्डकी) अस्पतालमा सुत्केरी गराउने क्रममा आमा र शिशुको ज्यान गएको छ । तनहुँको व्यास नगरपालिका–१२ कमलबारी निवासी २७ वर्षीय शर्मिला दरै र शिशु दुबैको सुत्केरी गराउने क्रममा ज्यान गएको हो ।
जेठ २८ गते उपचारका लागि पोखरास्थित क्षेत्रीय गण्डकी अस्पतालमा ल्याइएकोमा उपचारको क्रममा आमा र शिशुको ज्यान गएको हो ।चिकित्सकको लापरवाहीका कारण महिला र शिशुले ज्यान गुमाउनुपरेको मृतकका आफन्तजनले बताएका छन् ।
छानबिनको लागि कास्कीका प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिइएकाले पोष्टमार्टमको रिर्पोट आएपछि छलफल गर्ने सहमति भएको मृतकका आफन्तले बताएका छन् ।आफन्तले छानबिन नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । पोष्टमार्टमको रिर्पोट भोलि आउने बताइएको छ।
घट्ना पश्चात पीडितपक्ष र अस्पतालका चिकित्सकबीच छलफल भएको छ । छलफलका क्रममा सुत्केरीको पानीको पोको फुटेपछि रगतसँग घुलेर शरीरका अन्य भागमा पुगेकाले दुबैलाई बचाउन नसकिएको चिकित्सकले उल्लेख गरेको परिवार स्रोतले बताएको छ ।













