राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले विज्ञप्ति निकालेर राष्ट्रपति पौडेले नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घन्टाको अवलोकनमा रहेर डिस्चार्ज भएको जनाएका छन् ।

उनले राष्ट्रपति पौडेलेको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पनि गराएका छन् ।

  • ३१ जेष्ठ २०८०, बुधबार १०:३३ प्रकाशित