काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारीहरूलाई जोगाउनुभन्दा आफूहरू सरकार छाड्न तयार रहेको बताएका छन् ।
प्रेस सेन्टर नेपालका पदाधिकारीसहितको टोलीले बुधवार बिहान बालुवाटारमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
प्रचण्डले सरकार टिकाइ राख्नका लागि भ्रष्टाचारीलाई उन्मुक्ति दिने हो कि भन्ने आशंका र भ्रम सिर्जना भइरहेको बताउँदै बरु आफुहरु सरकार छाड्न तयार रहेको तर भ्रष्टाचारीलाई नजोगाउने बताएका छन् ।
प्रचण्डले भनेका छन्, ‘हामी सत्ता स्वार्थकै लागि उन्मुक्ति दिने पक्षमा छैनौ । बरु सरकार छोड्न परे पनि परोस् । भ्रष्ट्राचार र सुशासन विरुद्धका हाम्रो अभियान जारी रहन्छ । यसमा कसैले शंका नगरे हुन्छ ।’













