धनगढी ।
दार्चुलामा यार्सागुम्बा सङ्कलन गरी घर फर्किने बेला घाइते भएकी एक बालिकाको मृत्यु भएको छ ।
व्याय गाउँपालिकाको हुमदुम्तीमा हिउँमा चिप्लिएर घाइते भएकी सोही गाउँपालिका–२ मालकी १४ वर्षीया आरती कार्कीको ज्यान गएको बताइएको छ ।
हिउँमा चिप्लिएर घाइते भएको उनको थप उपचारका लागि दार्चुलाबाट अन्यन्त्र लैजाने क्रममा आइतबार राति बाटोमै ज्यान गएको हो ।














