प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्था जटिल : आज नर्भिक लगियो

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पत्नी सीता दाहाललाई चेकजाँचका लागि नर्भिक अस्पताल लगिएको छ । सोमबार दाहाललाई फलोअप उपचारका लागि नर्भिक अस्पताल लगिएको हो ।

लामो समय मेडिसिटी अस्पताल र सुमेर अस्पतालमा उपचार भएकोमा पछिल्लो समय सीताको घरमै उपचार हुँदै आएको थियो । तर, आज सीतालाई फलोअप उपचारका लागि नर्भिकमा लगिएको जनाइएको छ ।

अस्पताल लगिएसँगै उनको नियमित चेकजाँच सुरु भएको छ । त्यहाँ भर्ना गरेर राख्ने या आजै निवास फर्किने भन्नेबारे यकिन भइनसकेको अस्पतालले बताएको छ ।

सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् ।

  • २९ जेष्ठ २०८०, सोमबार १६:४५ प्रकाशित