संसदीय समितिबाट कार्यविधि पारित, अर्को बैठक बुधबार

केन्द्रभाग मिडिया

काठमाडौँ ।

संसदीय सुनुवाइ समितिको बैठकले उजुरीकर्तालाई आमन्त्रित गरी छलफल गर्नेसम्बन्धी कार्यविधि पारित गरेको छ ।

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइका लागि आज उजुरी खोलिएसँगै उजुरीकर्तासँग यससम्बन्धी छलफल गर्न कार्यविधि पारित गरेको हो ।

यससँगै जेठ ३१ गते बुधबार ११ बजे अर्को बैठक बोलाउने निर्णय भएको छ । यसैबीच प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्ने नगर्ने भन्ने निर्णय जेठ ३२ भित्रमा गते हुने भएको छ ।

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध परेका २९ वटा उजुरीमाथि अध्ययन गर्न सोमबार समितिका सदस्यहरूलाई फोटोकपी वितरण गरिएको छ ।

  • २९ जेष्ठ २०८०, सोमबार १५:५७ प्रकाशित