काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटनजिकै गोली चलेको छ ।
शम्भु मार्गमा लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारी विकास भगतमाथि गोली प्रहार गरेको हो । लागुऔषध कारोबारी भगतलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको हो ।
भगतको घुँडामुनी गोली लागेको विमानस्थल प्रहरी स्रोतले जनाएको छ । भारतीय नागरिक विकास भगतको बायाँ खुट्टाको घुँडामुनि गोली लागेको छ ।
केएमसी अस्पतालमा उपचारका लागि लगिएको उनको नाम भने खुलिनसकेको ब्युरोले जनाएको छ।













