नेपालको राजनीति माओवादीविना अपुरो र ओलीको सिंहदरबार यात्रा कठिन छ : जर्नादन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपालको राजनितिक इतिहास माओवादी बिना अपुरो भएको दाबी गरेका छन् ।

बजेटमाथि संसदमा भएको छलफलमा बोल्दै उनले यस्तो बिना गरेका हुन् । यस्तै एमाले अध्यक्ष केपी ओलीले माओवादी ३२ सिटमा झरेको भन्दै गरेको व्यंग्यको जवाफ दिदैं माओवादीको शक्तिविना नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सिंहदरबार यात्रा कठिन रहेको बताए ।

संघीयता, धर्म निरपेक्षता, समावेशीता जस्ता मुद्दा माओवादीको विरासत भएको र संसदको तेस्रो शक्ति बनेपनि परिवर्तनको रापतापबाट आएको चुम्बकीय शक्ति बाँकी रहेको उनले बताए ।

  • २६ जेष्ठ २०८०, शुक्रबार १६:१८ प्रकाशित