नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघ तर्दथ समितिले जिल्ला र प्रदेशमा समिति गठन गरेको छ । समितिले स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारालाई आत्मसात गर्दै समिति गठन गरेको हो ।
जिल्ला तर्फ कास्कीको अध्यक्षमा बेब जिमका सञ्चालक वैभव पौडेल र प्रदेशतर्फको अध्यक्षमा रत्न श्री जिमका सञ्चालक वकिल मान तुलाधर उदास (शंकरमान उदास ) सर्बसम्मत ले नियुक्त भएका छन् ।
उपाध्यक्षमा विजय भण्डारी,सचिवमा विक्रम उदास,कोषाध्यक्षमा सुन्दर श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा रोजि श्रेष्ठ, स्याङजाका जगत राना, बागलुङका भुपेन्द्र खड्का, तनहुँका सन्तोष श्रेष्ठ, कुश्मा पर्वतका तुल बहादुर केसी,म्याग्दीका गोकुल श्रेष्ठ,लमजुङ्गका शेख मिया, कास्कीका वैभव पौडेल, पूर्ण श्रेष्ठ,केशव उदास, राज कुमार ध्वज, गित बहादुर थापामगर र आस्मा सुनार चयन भएका छन् ।













