काठमाडौं ।
समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशन आजवाट सुरू हुँदैछ । अर्पण बैंक्वेट बानेश्वरमा तय गरिएको अधिवेशनको उद्घाटन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्दैछन् ।
आजदेखि सुरु हुने सो राष्ट्रिय अधिवेशनबाट संगठनको नयाँ नेतृत्व चयन गरिने प्रमुख एजेन्डा रहेको छ । सो सम्मेलनमा करिब देशभरबाट ४ सय पत्रकार प्रतिनिधिले सहभागी जनाउँदै छन् ।
हाल यस संगठनको अध्यक्ष शम्भु श्रेष्ठ छन् भने महासचिवमा भुपराज खड्का रहेका छन् ।













