पोखरा ।
एकीकृत ट्रेड युनियन महासंघ गण्डकीको आयोजना पोखरामा सवारी दुर्घटना न्युनिकरण अभियान सम्पन्न भएको छ । बढ्दो ट्राफिक दुर्घटनालाई ध्यान दिँदै त्यसको न्युकरणका लागि सचेतना जगाउन आयोजित कार्यक्रमको उद्घाटन जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक कृष्णबहादुर चन्दले सवारीसाधनमा स्टिकर टाँसेर उद्घाटन गरेका हुन् ।
कार्यक्रममा पाँच सयको हाराहरीमा स्टिकर टाँसिएको एकीकृत ट्रेडयुनियन महासंघ गण्डकीका अध्यक्ष तीलबहादुर विश्वकर्माले जानकारी दिए । ‘सवारी दुर्घटना डरलाग्दो रुपमा बढिरहेको छ । यसबाट भइरहेको क्षति न्युनिकरणका लागि व्यापक रुपमा जनचेतना जगाउनुपर्ने कामलाई तिव्रता दिनुपर्ने भएकाले कार्यक्रम गरेका हौं’ उनले भने ।
पोखरा महानगरपालिकाको सहयोगमा भएको उक्त कार्यक्रमलाई महानगरका सबै वडामा गरिने विश्वकर्माले जानकारी दिए । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता शिवप्रसाद पाठक, नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य तुलबहादुर गुरुङ र एकीकृत ट्रेडयुनियन महासंघ सम्बद्ध मजदुरहरुको सहभागिता रहेको थियो ।
अध्यक्ष तीलबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन एकीकृत ट्रेडयुनियन महासंघ कास्कीका अध्यक्ष हरिराम धितालले गरेका थिए भने एकीकृत ट्रेडयुनियन महासंघ गण्डकीका सचिव विवेक भुजेले स्वागत गरेका थिए ।














