युक्रेनमा बाँध भत्कँदा सयौँ बस्ती डुबानमा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

दक्षिणी युक्रेनको खेरसान प्राप्तमा एउटा प्रमुख बाँध भत्कँदा सयौँ बस्ती डुबानमा परेका छन् । बाँध भत्किएपछि आएको बाढीबाट प्रभावित हजारौँ नागरिकको उद्धार गरिएको छ भने अझै पनि ४० हजारभन्दा बढी नागरिक उद्धारको प्रतीक्षामा रहेको समाचारमा जनाइएको छ ।

नोभा काखोव्का बाँध स्थानीय समय अनुसार, सोमबार बिहान भत्किएको समाचारमा उल्लेख छ । बाढीका कारण हजारौँ घर डुबानमा परेको स्थानीय अधिकारीले बताएका छन् । उक्त बाँध भत्किएपछि करिब ८० वटा सहर र गाउँ डुबानमा पर्न सक्ने अनुमान राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गरेका छन् ।

युक्रेनी राष्ट्रपतिले बाँध भत्किनुको दोष रुसमाथि थोपरेका छन् । रुसले भने बाँध भत्किनुको पछाडि रुसको कुनै हात नरहेको दाबी गरेको छ ।

  • २४ जेष्ठ २०८०, बुधबार ११:०८ प्रकाशित