यती एयर दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति हकदाबी गर्न ३५ दिने सूचना

केन्द्रभाग मिडिया

गत वर्ष २०७९ माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाका पीडित परिवारका आफन्तलाई क्षतिपूर्ति हकदाबी गर्न ३५ दिने सूचना जारी भएको छ ।

उक्त दुर्घटनाका १८ जना पीडितका परिवारले क्षतिपूर्तिका लागि निवेदन दिएको र सो निवेदनमा कुनै हकदाबी र विरोध भए पेश गर्न सूचनामा भनिएको छ ।

कानुन बमोजिम पाइने क्षतिपूर्तिका लागि आएका निवेदनमा एयरलाइन्सले तोकेका कानुनी व्यवसायी प्रधान एण्ड एसोसियट्स प्रालिको कार्यालय बखुण्डोलले प्रदान गर्ने भन्दै एयरलाइन्सले क्षतिपूर्तिमा दाबी विरोधका लागि ३५ दिन भित्र सम्पर्क गर्न भनेको छ ।

  • २३ जेष्ठ २०८०, मंगलवार १४:१२ प्रकाशित