खोटाङ ।
बाल यौन दुरुपयोगमा पक्राउ परेका कृषि विज्ञ मदन राई सोमबार घरौटीमा छुटेका छन् ।
आफैले सञ्चालन गरेको शुभम फाउन्डेसनमा अध्ययनरत बालिकालाई यौन दुरुपयोग गरेको अभियोगमा वैशाख २९ गते पक्राउ परेका राईलाई जिल्ला अदालतबाट चार लाख धरौटीमा छुटेका हुन् ।
जिल्ला न्यायाधीश सुभाषबाबु पुरीको एकल इजलासले मुद्दा फैसला नभइन्जेलसम्मका लागि धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक रोमन अर्यालले बताए । फाउन्डेसनमा भने राईलाई जान रोक लगाइएको छ ।














