आज कस्तो छ विदेशी मुद्रा विनिमयदरको मूल्य ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १३१ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५८ रहेको छ ।आज युरो एकको खरिददर १४१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७३ पैसा रहेको छ ।

यस्तै पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ५१ पैसा र बिक्रिदर १६४ रुपैयाँ २५ पैसा रहेको छ । यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८ रुपैयाँ ६२ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३५ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ८३ पैसा र बिक्रीदर २८ रुपैयाँ ९६ पैसा रहेको छ ।

  • २३ जेष्ठ २०८०, मंगलवार ०९:४४ प्रकाशित