पोखरा ।
पोखरा महानरपालिका-४ मा रहेको सहरी स्वास्थ्य केन्द्रले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान तथा विदाई गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरेर केन्द्रले स्वयं सेविका सम्मान र विदाई गरेको हो । नगर स्वास्थ्य केन्द्र गणेश टोलमा आयोजित कार्यक्रममा वडाध्यक्ष देवकृष्ण पराजुली, वडासदस्य, स्वास्थ्य निरिक्षक लगायतले सम्मान र विदाई गरे ।
सम्मानीत हुनेमा गिता पौडेल, माया कोइराला खगेश्वरी पराजुली, उर्मिला पराजुली, विष्णु कोइराला, कल्पना गौतम इन्दिरा पौडेल छन । कार्यक्रममा लामो समय सेवा गरेकी सिता गोदारलाई विदाई गरिएको छ, भने विनु पौडेलाई नयाँ स्वयं सेविकाको रुपमा स्वागत गरिएको छ ।
यस्तै वडामा रहेको सहरी स्वास्थ्य केन्द्रको सामाजिक परीक्षण समेत सम्पन्न भएको छ । केन्द्रले प्रदान गरेको सेवा प्रवाह सम्बन्धमा सामाजिक परिक्षणमा गरिएको हो । सो कार्यक्रममा केन्द्रले प्रदान गर्ने सेव प्रवाहको अवस्था, पहुँच सुधारका विषयमा छलफल भएको थियो ।
स्वास्थ्य केन्द्रका प्रमुख सुजन पौडेलले केन्द्रबाट भइरहेको सेवा प्रवाह वारे भनाई राखेका थिए । महिला स्वास्थ्य स्वयं सेविकाले सो अवसरमा केन्द्रको प्रभावकारीता बढाउन गर्नुपर्ने कामका वारेमा सुझाव दिएका थिए । केन्द्रमा प्रयोगशाला संचालनमा ल्याउनुपर्ने, औषधीको उपलब्धता बढाउनुपर्ने, स्थानीयलाई स्वास्थय केन्द्रबाट सेवा लिन प्रोत्साहीत गर्नुपर्ने, लगायतका सुझाव दिएका थिए ।
महानगर स्वास्थ्य महाशाखाको समन्वयमा सुशासनका लागि नागरि समाज (सुनास)ले सामाजिक परिक्षणको आयोजना गरेको हो । सुनासको तर्फबाट भानु पराजुलीले सहजिकरण गरेका थिए ।
स्वास्थ्य केन्द्रबाट ९८ वटा औषधि निशुल्क रुपमा वितरण भइरहको पौडेलले जानकारी दिए । चालु आर्थिक वर्षमा वडाले एक लाख रुपैया औषधी खरिदलका लागि केन्द्रलाई दिएको थियो । सोही रकमबाट नेपाल सरकारले दिने औषधी वाहेक पनि औषधी खरिद गरेर थप सेवा दिएको पौडेलले बताए ।
केन्द्रबाट पोषण, खोप, परिवार नियोजन, सुरक्षीत मातृत्व, गर्भ पतन, स्वास्थ्य परामर्श, स्वास्थ्य शिक्षा, महामारी निवारण लगायतका २१ वटा सेवा उपलब्ध हुने गरेको छ ।
महानगर अन्र्तगतका वडानम्बर ४, ५, २, ३, ८, ११ र १८ का स्थनीयले केन्द्रबाट सेवा लिदै आएका छन् । कार्यक्रममा बोल्दै वडाध्यक्ष पराजुलीले स्वास्थ्य केन्द्रमा सुविधा थप गर्न आफु सकारातमक रहेको बताए । महानगर स्वास्थ्य महाशाखाका स्वास्थ्य निरिक्षक राजेन्द्र रेग्मी र लोकराज आचार्यले स्वास्थ्य केन्द्रको भूमिकाको वारेमा बोलेका थिए ।