ओलीले ल्याएको अध्यादेश र देउवाले ल्याएको विधेयकभन्दा नागरिकता विधेयक फरक छैन : प्रधानमन्त्री

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको अध्यादेश र शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेलामा ल्याएको विधेयकभन्दा हाल प्रमाणीकरण विधेयक फरक नभएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रचण्डले नागरिकता विधेयकलाई अनावश्यक रूपमा विवादित बनाएको बताए ।

उनले भने– ‘यो परिस्थितिलाई नागरिकताको विषयलाई अनावश्यक रूपमा विवादित बनाउनु, जनताले पनि के गरी बुझ्ने, तपाईँहरूले पनि के गरी बुझ्ने रु आमा बाबुले नेपाली नागरिकता पाएपछि उनीहरूका सन्तानले वंशजको नागरिकता पाउने र एकल आमाको छोराले नागरिकता पाउने विषयमा पनि हामी सबै एकै ठाउँमा एकै ठाउँमा रहेछौँ त । हामी त्यो नगरौँ ।’

  • २२ जेष्ठ २०८०, सोमबार १४:१५ प्रकाशित