पोखरा ।
हेम्जा वोर्डिङ स्कूलमा जुनियर रेडक्रस सर्कल गठन भएको छ। विद्यार्थीहरुको भेलाले रिया दर्नालको अध्यक्षतामा नया समिति गठन गरेको हो ।
सर्कलको उपाध्यक्षमा इच्छा अधिकारी, सचिवमा सलिन गौतम, सह–सचिवमा किस्मत लामिछाने, कोषाध्यक्षमा विजय पौडेल रहेका छन् ।त्यसैगरी सदस्यहरुमा कृष्टिला गिरी, आयुष्ना परियार, रुविना कुँवर, एष्टर थापा मगर, एली शर्मा, सोनिया पोख्रेल रहेका छन् ।
आमन्त्रीत सदस्यमा एराज श्रेष्ठ, जेसा भण्डारी, साहिल धमला, कृष्टिना शेरचन रहेका छन्। सर्कलको संरक्षकमा विद्यालयका संस्थापक प्रिन्सिपल केशवशरण पौडेल, शिक्षक नायक अशोक खाती र सहनायकमा प्रतिक्षा सुवेदी रहेका छन् ।
त्यस्तै सर्कलको सल्लाहकारमा माधावशरण पौडेल, तेजेन्द्र कुँवर र विष्णु कुँवर रहेका छन्।
कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल केशवशरण पौडेलले हरेक विपतमा अग्रसर भएर सेवामा जुट्न आग्रह गरे । कार्यक्रम जुरेसका अध्यक्ष प्रनिशा दाहालको अध्यक्षतामा भएको थियो ।













