गर्मी बढेपछि एकसाता विद्यालय बन्द

केन्द्रभाग मिडिया

सिन्धुली ।

केही दिनदेखि देशभर गर्मी बढेको छ । गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ । गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा गर्मी बिदा दिएको हो ।

नगरप्रमुख दिनश अधिकारीले गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै एकहप्ता सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी दिए ।

हाल सञ्चालन भइरहेको कक्षा ११ को परीक्षा भने यथावत रहने उनले बताए ।

  • २१ जेष्ठ २०८०, आईतवार ०९:२४ प्रकाशित