पोखरा ।
पोखरा महानगरपालिका वडा नं २९ बाट हराएको तीन वटा मोटरसाईकल प्रहरीले फेला पारेको छ ।
यहि साता मंगलबार(जेठ १६ गते) राती चोरी भएको मोटरसाइकल पोखरा महानगरपालिका वडा नम्बर ३३ बागमारा स्थित कालिकाको भित्री सडकमा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरिकक्षक श्रवण कुमार वि.कले जानकारी दिएका छन् ।
वडा २९ बाट ग ९ प ७४२५ , ग ९ प २६३०, ग १६ प ९००६ नंम्बरको सुपर स्पिलिण्डर मोटरसाइकल चोरी भएको हो । ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा चोरी भएको भोलिपल्ट बुधबार(१७ गते) बिहान अन्दाजी साढे चार बजेको समयमा बागमारामा फेला पारेको हो । मोटरसाइकल चोरी गर्ने ३ व्यक्तिलाई प्रहरीले पक्राउ गरि अनुसन्धान अघि बढाएको छ ।














