तत्काल पानी पर्ने सम्भावना छैन, गर्मी अझै बढ्छ : मौसम पूर्वानुमान महाशाखा

केन्द्रभाग मिडिया

केही दिन देखि गर्मी निकै बढेको छ । पानी नपरेपछि पोखरा र आसपासका जिल्ला लगायत देशभर नै गर्मी बढेको हो । मौसम पूर्वानुमान महाशाखाको अनुसार तत्काल पानी पर्ने सम्भावना कम छ । त्यसैले गर्मी अझै बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ ।

पहाडी भूभागका एकदुई स्थान बाहेकका भूभागमा वर्षाको सम्भावना नरहेकाले देशभरको तापक्रम बढ्ने मौसमविद् गोविन्द झाले बताएका छन् ।

उनका अनुसार भैरहवा, सिमरालगायतका स्थानहरूको तापक्रम अझै बढ्ने सम्भावना छ। दुईतीन दिनदेखि ती स्थानको तापक्रम ४० देखि ४१ डिग्रीसम्म मापन गरिएको छ। आज पोखराको तापक्रम ३१ डिग्री सेल्सियस देखाएको छ ।

  • १९ जेष्ठ २०८०, शुक्रबार १०:५१ प्रकाशित