साताको अन्तिम दिन आज डलरको भाउ कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलरको भाउ घटेको छ । आज डलर एकको खरिददर १३१ रुपैयाँ ५६ पैसा १३२ रुपैयाँ १६ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा थियो ।

यस्तै आज युरो पनि घटेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ८० पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६७ पैसा थियो । आज पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५५ पैसा छ ।

यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५० पैसा र बिक्रीदर १८ रुपैयाँ ५९ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३५ रुपैयाँ २४ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ५२ पैसा र बिक्रीदर २८ रुपैयाँ ६५ पैसा रहेको छ ।

  • १९ जेष्ठ २०८०, शुक्रबार ०९:५९ प्रकाशित