एमाले सचिवालय बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। पार्टी मुख्यालय च्यासल, ललितपुरमा सो बैठक बस्न लागेको हो । बैठक बिहान साढे ११ बजेबाट सुरु हुनेछ ।

सो बैठकमार्फत वार्षिक कार्य योजनालाई अन्तिम रूप दिइने तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने तयारी छ । गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको हो ।

एमालेको सचिवालयमा पदाधिकारीसहित १९ जना सदस्य रहेका छन् ।

  • १९ जेष्ठ २०८०, शुक्रबार ०९:४१ प्रकाशित