लमजुङ कारागारबाट दुई जना पर्खाल नाघेर भागे

केन्द्रभाग मिडिया

लमजुङ ।

लमजुङ कारागारबाट १ जना कैदी र १ जना थुनुवा भागेका छन्। बिहीबार बिहानीपख साँढे १ बजेतिर कारागारको पर्खाल नाघेर दुवै जना भागेको प्रहरीले बताएको छ ।

जबर्जस्ती करणी मुद्दामा २०७९ साउन २४ गते पुर्पक्षका लागि कारागार चलान भई ४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना तोकिएका गोरखाका मध्यनेपाल नगरपालिका ४ दुईपिप्लेका २७ वर्षीय विनोद विक र ठगी मुद्दामा २०८० वैशाख ३१ गते मुद्दा पुर्पक्षका लागि कारागार चलान भएका गोरखाकै चुमनुब्री गाउँपालिका ३, घट्टेखोला घर भई हाल पोखरा महानगरपालिका १६ बस्ने ३७ वर्षीय चन्द्रमान गुरुङ फरार भएका हुन् ।

जिल्ला प्रहरी प्रमुख डीएसपी प्रकाश श्रीमलले फरार २ जनाको खोजीकार्य भइरहेको बताए ।

  • १८ जेष्ठ २०८०, बिहीबार १५:२३ प्रकाशित