नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट पुगेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको उक्त कदम खारेज गर्न माग गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले रिट पेस गरेका हुन् ।

रिटमा निवेदकहरुले राष्ट्रपतिको कदम खारेज गरी नागरिकतासम्बन्धी कानुन संसदीय प्रक्रियाअनुसार बनाउन माग गर्दै प्रमाणीकरण भएको विधेयकलाई तत्काल ऐनको अंग नबनाउन भनेका छन् ।

  • १८ जेष्ठ २०८०, बिहीबार १५:१४ प्रकाशित