लोकतान्त्रिक तमु संघ पर्वतको अधिवेशन असार २ गते हुने

केन्द्रभाग मिडिया

कुश्मा ।

लोकतान्त्रिक तमु संघ पर्वत जिल्लाको प्रथम अधिवेशन २०८० असार २ गते शनिवार कुश्मास्थित नेकपा एमाले पर्वतको सभाहलमा हुने भएको छ। अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न दर्शन घलेको संयोजकत्वमा १२ सदस्यीय आयोजक कमिटि गठन गरिएको छ।

आयोजक कमिटिको सदस्यहरुमा खडकबहादुर गुरुङ(मदन), गंगाबहादुर गुरुङ, सुवेदार टेकबहादुर गुरुङ, क्षेत्र गुरुङ, सुवेदार लोकमान गुरुङ, यमबहादुर गुरुङ, किसान गुरुङ, राजकुमार गुरुङ, लालबहादुर गुरुङ, सुधा गुरुङ र भिमबहादुर गुरुङ रहेका छन् ।

तयारी बैठकमा प्रमुख अतिथि लोकतान्त्रिक तमु संघ नेपालका उपाध्यक्ष सर्मिला गुरुङ, महासचिव हुमबहादुर गुरुङ, नेकपा एमाले पर्वतका उपाध्यक्ष पदमपाणी शर्मा, सचिव गोविन्द पहाडीले अधिवेशनलाई भव्य बनाउन तयारीका साथै लोकतान्त्रिक तमु संघको महत्वका बारे चर्चा गरेका थिए ।

संघका गण्डकी प्रदेश सदस्य तथा पर्वत इञ्चार्ज दर्शन घलेको अध्यक्षतामा भएको बैठकको संचालन केन्द्रिय सदस्य महेन्द्र गुरुङले गरेका थिए भने कार्यक्रममा केन्द्रीय सदस्यहरु किरण गुरुङ र नरबहादुर गुरुङ ज्याङ्गोको उपस्थिती रहेको थियो भने पर्वतका पालिकाहरुबाट अगुवाहरुको सहभागीता रहेको थियो।

  • १८ जेष्ठ २०८०, बिहीबार १०:५२ प्रकाशित